Logo

माधव, झलनाथ र भीम रावलसहित ७ सांसदलाई कारबाही गर्ने एमालेको तयारी



काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ७ जना सांसदलाई कारबाही गर्न महाधिवेशन आयोजक कमिटीलाई सिफारिश गरेको छ । महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि बसेको स्थायी कमिटी बैठकले यस्तो सिफारिश गरेको हो । माधव नेपाल पक्ष सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आउने अविश्वासको प्रस्ताव पास गराउनेगरि गतिविधि गरेको आँकलन गर्दै उनीहरुलाई कारबाही गर्नुपर्ने एमाले आयोजक कमिटी बैठकको तयारी छ ।

उता, नेपाल पक्ष भने यतिवेला अध्यक्ष ओलीले विधानविपरित गतिविधि गरेको र आफूहरुलाई सोधिएको स्पष्टीकरण नै गलत भएको भन्दै अदालतमा रिट हालेको छ । उक्त रिटको सुनुवाई न्यायाधीश प्रकाश ढुंगानाको इजलाशमा परेको छ। माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलको तर्फबाट संयुक्त रुपमा पेश गरिएको थियो । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot