Logo

माधव नेपाल, भीम रावल, सरेन्द्र पाण्डे र घनश्याम भुषालको रिटमाथि सुनुवाई हुँदै



काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) को दशौं महाधिवेशन आयोजक कमिटी बैठकले स्पष्टीकरण सोधेको र कारबाही गर्नसक्ने भन्दै नेताहरु माधव कुमार नेपाल, भीम बहादुर रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेले अदालतमा रिट हालेका थिए ।

उनीहरुको रिटको आज सुनुवाई हुने भएको छ । चार नेताको रिटमाथि न्यायाधीश प्रकाश ढुंगानाको इजलाशमा सुनुवाई हुँदैछ । आजै एमाले महाधिवेशन आयोजक कमिटीकौ बैठक जारी छ ।

आजको बैठकले माधव नेपाल पक्षधर सांसदहरुलाई कारबाही गर्न लागेको नेताहरुले दाबी गरेका छन् । यसअघि एमाले स्थायी कमिटी बैठक बसेको थियो । उक्त बैठकमा माधव नेपालसहित ७ जना सांसदलाई कारबाही गर्न सुझाव दिएको बालुवाटार स्रोतले जनाएको छ । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्

Screenshot