काठमाडौं, १२ बैशाख । साताको कारोबारको पहिलो दिन आज शेयर बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को कारोबार सर्वाधिक भएको छ ।
नेप्सेको अनुसार बैंकको आज ३९ करोड ५२ लाख भन्दा बढीको कारोबार भएको हो । आइतबार ५ सय ४१ रुपैयाँ बैंकको प्रतिशेयर मुल्य कायम भएको छ ।