Logo

कोरोनाबाट २४ घन्टामा २८ जनाको मृत्यु



काठमाडौं, १२ बैशाख । कोरोना संक्रमणबाट आज थप २८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३१ सय ६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज ४ सय ५० जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म ३ लाख १ हजार १९ सय  संक्रमित भएपनि २ लाख ७७ हजार ५ सय ७३ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १९ हजार ३ सय ८२ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म २४ लाख ५ हजार १७ जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ६९ जना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्