Logo

कांग्रेसले भन्यो : ‘पूर्ण तयारी नगरीकन प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउँदैन, पहल हुँदैछ’



काठमाडौं, १२ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक सम्पन्न भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनको लागि संख्या नपुगेको निश्कर्ष निकालेको छ । तर, पहल भने जारी राखेको बैठकपछि उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।

आज अपरान्ह सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकमा अविश्वासको प्रस्तावबारे छलफल भएको थियो । तर, तर प्रस्ताव पारित हुने संख्या पुगिनसकेको आजको बैठकले निश्कर्ष निकालेको छ। त्यस्तै, आजको बैठकमा महाधिवेशन तयारी र बढ्दो कोरोना संक्रमणबारे केन्द्रित रहेर छलफल भएको थियो । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्