Logo

एनएसएलमा विराटनगर र बुटवल लुम्बिनीको जित



वैशाख १२, काठमाण्डौ । विराटनगर एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सानदार जित निकालेको छ । आइतबार भएको आफ्नो पहिलो खेलमा विराटनगरले धनगढी एफसीमाथि ३–० को सानदार जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरलाई जित दिलाउन बिक्रम धिमाल, एडिलाजा सोमिडे र सन्तोष तामाङले एक एक गोल गरे । बिराटनगरले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । जितसँगै विराटनगरले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । धनगढीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

आइतबार नै भएको दोस्र्रो खेलमा बुटवल लुम्बिनी एफसीले विजयी सुरुवात गरेको छ । पोखरा थन्डर्स एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै बुटवल लुम्बिनीले सुखद सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवललाई जित दिलाउन अर्मान्ड बेडुमले एक गोल गरे । यस्तै बुटवलले एक गोल आत्मघाती उपहार पाएको थियो । यस जितसँगै बुटवलले पहिलो खेलमा ३ अंक जोडेको छ । पोखराले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot