Logo

काठमाडौंमा अत्यावश्यक बाहेकका सेवा स्थगन



काठमाडौं, बैशाख १३ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिड–१९ को सङ्क्रमणका कारण एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको छ ।

कोरोनाको सङ्क्रमण बढ्दै गएको र कार्यालयका केही कर्मचारीसमेत सङ्क्रमित भएकाले होम आइसोलेशनमा रहनुपर्ने तथा सम्पर्कमा रहेका अन्य कर्मचारीको पनि परीक्षण गर्नुपर्ने हुँदा सोमबारदेखि एक हप्ताका लागि सेवा स्थगित गरिएको जनाइएको छ ।

यो अवधिमा शान्ति सुरक्षासँग सम्बन्धित निवेदन, मुद्दासँग सम्बन्धित कार्य र अन्य अत्यावश्यक सिफारिसको सेवा भने सञ्चालन हुने प्रशासन कार्यालयले आज सूचना जारी गरी जनाएको छ । पछिल्लो समयमा काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दो छ ।



प्रतिक्रिया दिनुहोस्