काठमाडौं, बैशाख १३ । नेपालमा कोरोनाको दोस्रो लहर भयावह बन्दै गएको देखिएको छ । अघिल्लो वर्ष मङ्सिरपछि बिस्तारै कोरोना संक्रमितको संख्या घट्दै गई शून्यमा झरेकोमा दोस्रो लहर शुरू भएपछि चैतपछि बिस्तारै संक्रमितको संख्या बढ्दै गएको छ ।
नेपालमा दोस्रो लहर शुरू भएपछि आइतवार एकैदिन २८ जनाको मृत्यु भएको छ, जुन नेपालमा कोरोना शुरू भएयताकै उच्च संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा मृत्यु भएका १६ सहित २८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको जानकारी दिए । आइतवार कुल १० हजार ७८ को पीसीआर परीक्षण गरिएकोमा ३ हजार १२२ नयाँ संक्रमित फेला परेका हुन् ।
यससँगै हाल नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ पुगेको छ भने हालसम्म कुल ३ लाख एक सय १९ जनामा संक्रमण पुष्टि भएकोमा ९२ प्रतिशत संक्रमित निको भएका छन् ।
तीनतर्फी खुला नाका भएको भारतमा कोरोना संक्रमण भयावह बन्दै गएकोमा बिस्तारै नेपालमा पनि संक्रमणले भयावहको लक्षण देखाउन थालेको हो । गएको १५ हजार ९८६ मा कोरोना पुष्टि भएकोमा ८१ जनाको मृत्यु भएको छ । आर्थिक अभियान दैनिकबाट