Logo

जन्ती बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु, दुलाहा-दुलही घाईते



बैतडी, वैशाख १३ । बैतडीको पाटनमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुलाहा(दुलही घाईते भएका छन् ।
महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्लाल्लेक आउँदै गरेको सुप्रप ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ः५० बजे बैतडीको पाटन नगरपालिका–६, घट्टीखोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका करिब ५५ वर्षीय देवदत्त जोशी रहेका छन् । मृतक दुलाहाका काका रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा जिप चालक तर्कराज जोशी गम्भीर घाईते भएका छन् ।

आईतबार बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकबाट दुलाहा लगेर उक्त जिप कञ्चनपुरको शुक्लाफाटा नगरगपालिकाको बन्सा गएको थियो । एकदिवसिय विवाह सकेर आईतबार राति नै बैतडी फर्किएको जिप सोमबार बिहान बैतडीको पाटनमा दुर्घटनामा परेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot