Logo

कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गर्ने एक पक्राउ



काठमाडौं, १३ बैशाख । कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा मकवानपुर वागमती गाउँपालिका–८ भवानचुली बस्ने २४ वर्षीय विजय भन्ने आयुष मोक्तानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट उनलाई पक्राउ गरेको जनाएको छ । आयुषले काभ्रे पाँचखाल नगरपालिका–८ चिसापानी बस्ने ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख ५० हजार लाग्ने र कम्बोडिया पुगेपछि क्यासिनोमा ‘बोस गार्ड’मा काम लगाईदिने प्रलोभनमा पारी उनीहरूबाट ३९ लाख रुपैयाँ लिई सम्पर्क विहिन भएका थिए ।

उनलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको उक्त महाशाखाले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot