Logo

कोरोनाको दोस्रो लहर सुरु भयो, नेपालमा एक महिनापछि भारतको अहिलेजस्तै हालत हुने डा. दासको दाबी (भिडिओसहित)



काठमाडौं, १३ बैशाख । जनस्वास्थ्यविद्हरुले कोरोना संक्रमण ह्वात्तै बढेको भन्दै जनताले आवश्यक सतर्कता अपनाउनुपर्ने बताएका छन् । हिजो राति प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखका निर्देशक डा. वासुदेव पाण्डेले कोरोना संक्रमण भारतमा धेरै भएको र मृत्युदर पनि बढेको सुनाउँदै नेपालले भारतसँगको सिमाना व्यवस्थित् गर्नुपर्नेमा जोड दिएका छन् । उनले नेपालले सबै नाकाहरु कडा बनाउनुपर्ने पनि सुनाए । उनले नेताहरुले पनि भाषणवाजी गरिरहेको भन्दै लापरवाही भैरहेको पनि टिप्पणी गरे ।

त्यस्तै, डा. सन्तकुमार दासले कोरोनाको दोस्रो लहर द्रुत गतिमा आएको र आफूहरु धेरै पछि परेको बताए । भारतमा अहिले भैरहेको स्थिति नेपालमा एक महिनापछि हुने पनि उनले खतरा औंल्याए । नेपालको स्थिति भारतको भन्दा भिन्न नहुने पनि जिकिर गरे । नेपाल यही अवस्थामा गए भारतकोजस्तो भयावह अवस्था हुने भन्दै अहिलेदेखि नै सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ ।



प्रतिक्रिया दिनुहोस्