Logo

गण्डकी प्रदेशमा को कता, फ्लोर क्रसको सम्भावना



काठमाडौं, १३ वैशाख । गण्डकी प्रदेशको आजबाट शुरु हुने विशेष अधिवेशनले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गको सत्ताको टुगो लगाउँदैछ । प्रदेश सभाको विशेष अधिवेशन गुरुङ्गविरुद्ध अविश्वासको प्रस्तावको छिनोफानो गर्न लागेको हो ।

गण्डकी प्रदेशमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र एक भएपनि अविश्वासको प्रस्ताव पारित हुँदैन । काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका सबै सांसदले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेमा गुरुङ्गको सरकार ढल्छ । जनमोर्चा समेतले पक्षमा मतदान गरेमा गुरुङ्ग सरकार ढल्ने सम्भावना हुन्छ । तर, माओवादी केन्द्रबाट पनि फ्लोर क्रसको सम्भावना रहेको छ ।

गण्डकी प्रदेशमा फ्लोर क्रसको रोचक घटना हुनसक्ने बुझिएको छ । जनता समाजवादी पार्टी र स्वतन्त्र सांसदले अविश्वासको प्रस्तावको पक्षमा मत दिएपनि पुग्छ । तर, जसपा गण्डकी प्रदेशमा तटस्थ बस्ने बुझिएको छ । जसपाका एक प्रभावशाली नेताले तटस्थ बस्ने जानकारी दिए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् । काँग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्र १ जना सासद छन् । स्वतन्त्र सांसद दिपक मनाङे एमालेलाई समर्थन गर्दै आएका छन् । उनले पनि समर्थन परिवर्तन गर्नसक्ने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्