Logo

देशव्यापी लकडाउन गर्ने बेला भएको छैन्, सिमा नाकामा नेपाली सेना खटाउनुपर्छ : डा. दिक्षित (भिडिओसहित)



काठमाडौं, १३ बैशाख । डाक्टर सुुन्दरमणि दिक्षितले कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको भन्दै आवश्यक सतर्कता अपनाउन अपिल गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको प्राइम ईस्युमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. दिक्षितले यस्तो बताएका हुन् । उनले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र स्यानिटाईज गर्ने काम नियमित गर्नुपर्नेमा जोड दिए ।

उनले जनस्वास्थ्यका मापदण्ड सबैले गम्भीर रुपमा पालना गर्नुपर्ने बताए । भारतमा कोरोना संक्रमणको दोस्रो लहर आउनुमा भारतीयहरुले अनुशासनलाई तोडेको उनको टिप्पणी गरे । उनले तत्काल देशव्यापी रुपमा लकडाउन गर्न नहुने सुझाव दिए । तर, सिमा नाका भने व्यवस्थित् गर्नुपर्ने उनको जोड छ । भारतसँगको सिमा नाका र खुल्ला सिमाको व्यवस्थापन गर्न नेपाली सेना नै खटाउनुपर्ने उनले सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्