ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले नेपालमा पनि भारतको जस्तै कोरोना संक्रमणका केश बढिरहेको सुनाएका छन् । उनले सबैले स्वास्थ्य–सुरक्षाका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिए । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू लकडाउनको पक्ष र विपक्ष भन्दा पनि सिचुएसन हेरेर निर्णय लिईनुपर्नेमा जोड दिएका छन् । प्रस्तुत छ डा. पाण्डेसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
अब कोरोना संक्रमण रोक्नको लागि के–के गर्नुपर्छ ?
सबैभन्दा पहिला हामीले के बुझ्नुपर्यो भने–भारतमा दिनमा लाखौँ संक्रमित थपिएका छन् । मृत्युदर बढिराखेको छ । नेपालमा हाम्रो विरामी राख्ने क्यापासिटीपनि छैन । त्यो नयाँ भाईरस जाँच्ने हामीसंग क्षमता पनि छैन । यो सबै हिसाबले गर्दा हामीमा पनि भारतमाजस्तै केशहरु बढिरहेका छन् । त्यो हिसाबले हामी जानुपर्छ । एक, दुई वा तीनमा भन्नुपर्दा सबैभन्दा पहिला अरु कुनैपनि कुराको ध्यान नदिएर यो भाइरस नयाँ भ्यारियन्ट हो कि पुरानो हो भनेर भन्नुभन्दा पहिला सरकारले र हामीले जानेका, खासगरी एक वर्ष अघिका कुरा जस्तो माक्स लगाउने, भिडभाड नगर्ने, सामाजिक दूरी कायम गर्ने, स्यानिटाईज गर्ने कुरालाई निरन्तरता दिनुपर्छ । र, यो भ्याक्सिनले पुरानो भाईरसलाई काम गर्छ । नयाँलाई गर्छ वा गर्दैन् त्यो कुरा हामीलाई थाहा छैन । तर पनि यसले के गर्नसक्छ भने गम्भीर खालका समस्या पार्ने हुनाले सकिन्छ भने भ्याक्सिनहरु संगसंगै लगाउनुपर्यो । र, यिनै कुरालाई ध्यान दिनुपर्यो ।
भ्याक्सिन नभए के गर्ने त अब ?
भ्याक्सिन ल्याउनको लागि सरकारले जिम्मेवारी वहन गर्नुपर्छ । भ्याक्सिन किनेर ल्याउन हामी सक्दैनौँ । किनभने जनताले भ्याक्सिन किनेर ल्याउने कुरा नै आएन । जनताले गर्नसक्ने कुराहरु आफ्नो तर्फबट हेलचेक्र्याँई गर्नुहुँदैन । अहिले विहेबारीहरु भईरहेका छन । नेताज्युहरुले भाषण गर्ने ठाउँमा मानिस थुप्रै जम्मा भईराख्ने देखिएको छ । सबैले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गरौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नै आयोजना गरेको कार्यक्रममा हजारौँको भीड लाग्ने गरेको छ, अनि कसले पालना गर्ने मापदण्ड ?
अब यो सबैभन्दा पहिला प्रधानमनत्री नै रोलमोडल हुनुपर्यो । कुम्भ मेलामा हाम्रा ठूला मान्छेहरु जानुभयो । विभिन्न व्यक्तिहरु रोग बोकेर नेपाल फर्किनुभयो । त्यसकारणले गर्दाखेरि हाई ¥याङकिङ अथवा जो उदारणीय हुनुहुन्छ, उहाँहरुले स्वयम गरेर देखाईदिनुपर्यो। बिवाह लगायतका नगई नहुने कार्यक्रममा जाँदा जनस्वास्थ्यका मापदण्ड पालना गरौं । कतिपय विहे भोजमा त माक्स लगाएजस्तो देखिने र पछि खानपिन भईसकेपछि माक्स खोलेर छाडा भएको देखिन्छ । यो भयो भने हामीले त्यत्रो ठुलो देश त्यति जनता भएको देशमा भारत सरकारले त कन्ट्रोल गर्न नसकेर अक्सिजनको कमि भएको अवस्था छ । अब हेलचेक्र्याँई बढ्दै गए भारतमाजस्तै समस्या नेपालमा हुनसक्छ ।
कोरोनाको उच्च जोखिममा बालबालिका बढी हो ?
पहिलोपटक बढ्दाखेरिमा साईन्सले भनेका कुरा हामीले थाहा पाएनौँ । बच्चा भन्दा पनि जो हिँडडुल गर्नुहुन्छ त्यो टार्गेट नै हो । संक्रमण दर पुरानोभन्दा पनि नयाँ भाईरसले संक्रमण बढि भएको पनि देखिन्छ । बच्चाबाट भयो भने त हामी परिवार त्यसैपनि ईन्भल्व हुने भयौँ । त्यसहिसाबले बच्चा पनि टार्गेट हो र परिवारलाई पनि त्यसले समस्या पार्छ ।
त्यसोभए तपाई लकडाउनको पक्षमा कि विपक्षमा ?
म लकडाउनको पक्ष वा विपक्ष भन्दापनि सिचुएसन हेरेर हामीले त्यसको एउटा ‘ब्ल्यांकेट–एप्रोच’ गरेर गर्यो भनेदेखि त्यो गर्न मिल्दैन । हामीले लकडाउन भन्दापनि भारतबाट आउनेहरुको स्क्रिनिङ अलि व्यापक पार्नुपयो । अलिकति हामीले गरेरर हुने ठाउमा कति ठाउँमा चेकजाँच नै हुँदैन । ती व्यक्तिहरुलाई क्वारेन्टिनमा राख्नुपर्यो । हाम्रो एयरपोटको सिष्टम पनि आजसम्म हामीले मिलाउन सकिरहेका छैनौँ ।