काठमाडौं, १३ बैशाख । आज शेयरबजारमा ६५.५८ अंकले गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन आज २.५५ प्रतिशतले नेप्से घटेर २५ सय ६ दशमलव ६१ विन्दुमा रोकिएको हो ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ११.२५ अंकले घटेर ४५२ दशमलव ७९ विन्दुमा रोकिएको छ । आज २२० कम्पनीको ८६ हजार ९२ पटक कारोबार भएर ६ अर्ब ५९ करोड ९२ लाख ८ हजार २०२ रुपैयाँ बराबरको १ करोड २९ लाख ११ हजार ७२१ कित्ता प्रतिशेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।
सोमबार १२ उपसमुह मध्ये सबै समुह राताम्मै छन् । सबै समुहको सुचक घटेका छन् । नेप्सेको अनुसार आज सबैभन्दा धेरै अपर तामाकोशीको कारोबार भएको छ । कम्पनीको ३१ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, निफ्राको २५ करोड २९ लाख भन्दा धेरेको कारोबार भएको छ । बैंकको प्रतिशेयर मुल्य ५२६