काठमाडौं, १३ वैशाख । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ४ एमाले सांसद पदमुक्त भएका छन् । आज प्रदेश सभाको बैठकमा सभामुख राजबहादुर शाहीले पदमुक्त भएको सूचना पढेर सुनाएका हुन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा ४ सांसदहरुले एमाले प्रदेश सभा संसदीय दलको ह्वीप उल्लंघन गरेका थिए । पदमुक्त भएका सांसदहरुमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा छन् ।
शाही, थापा र बुढा मन्त्री छन् । उनीहरुलाई १२ वैशाखमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले पदमुक्त गरेको पत्र प्रदेश सभामा पेश गरेका थिए ।