Logo

त्रिविका सबै परिक्षा स्थगित



काठमाडौं, १३ बैशाख । त्रिभुवन विश्वविद्यालयका पुर्वनिर्धारीत परिक्षाहरु स्थगित भएका छन् । आज सुचना जारी गर्दै कोरोनाको कारण त्रिविका सम्पुर्ण वार्षिक र सेमेष्टरका परीक्षाहरु स्थगित गरेको हो ।

त्रिविले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुको वार्षिक तथा सेमेष्टर प्रणालीका स्नातक एवं स्नातकोत्तर तहका विभिन्न परीक्षाहरु संचालित भइरहेको र संचालनको प्रक्रियामा रहेको अवस्थामा काृभिड–१९ को दोस्रो लहरको प्रकोपको कारण देशका विभिन्न स्थानमा लकडाउन तथा निशेधाज्ञा संचालन हुने भएकोले बैशाख १३ गते बसेको संचालक समितिको बैठकले अर्को सुचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको व्यहावेरा सम्बन्धित सबैको लागि जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot