काठमाडौं, १३ बैशाख । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले कोरोना संक्रमणको जोखिम बढेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । पछिल्लो समय देशव्यापी रुपमा संक्रमण बढेको भन्दै चिकित्सकहरुले आवश्यक सतर्कता अपनाउन भनिरहेको बेला डा. कोइरालाको पनि यस्तो भनाई आएको हो ।
डा. कोइरालाले सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेका छन–‘आफु वा आफ्नो परिबार को सदस्य लाई कोरोना लाग्दा मात्र होस आउने हाम्रो बानी आत्मघाती छ। अस्पताल हरू भरीइ सके।उपचार पाउन गाह्रो हुदैछ। आफै जिम्मेवार बनौ ।” File Photo/ReportersNepal