Logo

५ वटामात्रै निजी ल्याबलाई पिसिआर परीक्षणको अनुमति दिएको विषय क्याविनेटमा उठ्दै



काठमाडौं, १३ बैशाख । विदेश जाने प्रयोजनका लागि गरिने पिसिआर परीक्षणको अनुमति सरकारी सबै ल्याब र निजी पाँच ल्याबलाई मात्रै दिईएको अनुमतिको विषयले मन्त्रिपरिषदमा प्रवेश पाएको छ । देशमा यतिवेला १९ वटा ए ग्रेडका निजी ल्याब छन् । तर, ती मध्ये जम्मा पाँच वटामात्रै ल्याबलाई विदेश जाने प्रयोजनको लागि गरिने कोभिड १९ को पिसिआर परीक्षणको अनुमति दिएको थियो ।

१९ वटा निजी ल्याबमा पाँच वटालाई मात्रै परीक्षण अनुमति दिनुको मापदण्ड र आधार के हो ? भन्नेबारे स्वास्थ्य मन्त्रालयले केही खुलाएको छैन् । बाँकी १४ वटा निजी ल्याबले भने नियमित कोरोना परीक्षण भने गरिरहेका छन् । ‘ए’ ग्रेडका निजी ल्याबमा सरकारले किन यसरी भेदभाव गर्यो रु भन्नेबारे यतिवेला प्रश्न उब्जिएको छ । यसमा ठूलै आर्थिक चलखेल भएको हुनसक्ने पनि चर्चा चल्न थालेको छ । पछिल्लो समय यो विषयमा समाचार आउन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसमा चासो देखाएको स्रोतको दाबी छ ।

एकलौटी रुपमा पिसिआर परीक्षणमा सिण्डिकेट गरेपछि मन्त्रालयमा खैलाबैला, स्वास्थ्यमन्त्री र प्रधानमन्त्री बेखबर !

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रधानमन्त्री ओली यो विषयमा बेखबर रहेको बुझिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अस्पताल आधारित ‘ए’ ग्रेडका ल्याबलाई मात्रै विदेश जाने प्रयोजनको लागि कोभिड पिसिआर परीक्षणको अनुमति दिईएको भनेको छ । यदि त्यसो हो भने अरु १४ वटा ल्याबलाई सरकारले के बन्द गर्न खोजेको हो त रु यसबारे प्रश्न उब्जिएको छ ।

सरकारले कोभिड परीक्षण गर्ने सबै सरकारी अस्पताल, निजीमा स्टार हस्पिटल सानेपा, ह्याम्स अस्पताल मण्डिखाटार, नेपाल मेडिसिटी अस्पताल, भैसेंपाटी ललितपुर, मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल स्वयम्भु, युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज एण्ड टिचिङ हस्पिटल भैरहवालाई विदेश जाने प्रयोजनको लागि पिसिआर परीक्षण अनुमति दिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यही बैशाख १० गते यस्तो निर्णय गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्