Logo

बेनी–जोमसोम सडक दैनिक ९ घण्टा बन्द



म्याग्दी, बैशाख १४ । बेनी–जोमसोम सडकखण्ड दैनिक ९ घण्टा बन्द हुन थालेको छ । सडक स्तरोन्नति र विस्तार कार्य तीव्र बनाउन सडक खण्डको म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुंगे भीर क्षेत्रमा काम भरहेको छ ।

सहज रूपमा काम सम्पन्न गर्न सवारीसाधन सञ्चालनमा वैशाख ९ देखि मसान्तसम्मका लागि दैनिक ९ घण्टा रोक लगाइएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले जानकारी दिए ।

उनका अनुसार दैनिक रूपमा बिहान साढे ६ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ साढे ६ बजेसम्म सडकमा सवारी आवागमन बन्द गरेर निर्माण गरिँदै छ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ को तिप्ल्याङ क्षेत्र, म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ को बादरजुंगे भीर र मुस्ताङको थासाङ गाउँपालिका–४ को घाँसादेखि लेतेसम्मको सडक स्तरोन्नति भइरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्