Logo

माछापुच्छ्रे बैंकले कमायो १ अर्ब २९ करोड खुद मुनाफा, निक्षेप संकलन कति ?



काठमाडौं, १४ बैशाख । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले चालु आवमा १ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले चालु आवमा गरेको उक्त नाफा १०.६१ प्रतिशतले धेरै हो । त्यस्तै, कम्पनीले खुद ब्याज आम्दानी पनि गत वर्षको तुलनामा ४.०१ प्रतिशतले बढाएर ३ अर्ब १६ करोड रुपैयाँ पुर्याएको छ । ९ अर्ब ५ करोड चुक्तापुँजी भएको बैंकले संचालन नाफा पनि १ अर्ब ९४ करोड पुर्याउन सफल भएको छ ।

यसैगरी, बैकले जगेडा कोषमा २ अर्ब ५८ करोड रुपैयाँ सुरक्षित गरेको विवरणमा उल्लेख गरिएको छ । त्यस्तै, निक्षेप संकलन २५ अर्ब रुपैयाँ र कर्जा लगानी पनि २१.६६ प्रतिशतले बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्