Logo

उर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण, अस्पताल भर्ना



काठमाडौं, १४ बैशाख । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ । उनी यतिवेला छाउनीस्थित् आर्मी अस्पतालमा भर्ना भएका छन् । मन्त्री रायमाझीले यो बीचमा आफूसँग सम्पर्कमा रहेकाहरुलाई समेत आवश्यक सतर्कता अपनाउन र परीक्षण गराउन आग्रह गरेका छन् ।

पछिल्लो समय कोरोना संक्रमण बढिरहेको छ । सरकारले देशभरिका सबै विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । कतिपय जिल्लामा लकडाउन लागेका छन् । काठमाडौं उपत्यकामा बैशाख १६ गते विहान ६ः०० बजेबाट बैशाख २२ गते राति १२ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यकबाहेकका सबै सेवा एक साता बन्द हुनेछन ।

 



प्रतिक्रिया दिनुहोस्