काठमाडौं, १४ बैशाख । गण्डकी प्रदेशको आज बसेको बैठक २० मिनेटको लागि स्थगित् भएको छ । सत्तारुढ दल नेकपा (एमाले) का सांसदहरूले अवरोध गरेपछि प्रदेश सभा बैठक २० मिनेटको लागि स्थगित् भएको हो ।
एमाले सांसदहरुले कोरोना संक्रमणको जोखिम बढेको भन्दै तत्काल सबै सांसदहरुको पीसीआर परीक्षणको माग गरेका हुन । उनीहरुको यस्तो माग आएपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि बैठक स्थगित् गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध हिजोमात्रै कांग्रे, माओवादी केन्द्र र जसपाले संयुक्त रुपमा अविश्वासको प्रस्ताव पेश गरेका छन् । अहिले उक्त प्रस्तावमािथ छलफल हुने कार्यसूचि थियो । File Photo