Logo

काभ्रेका शिक्षक र विद्यार्थीलाई आयुर्वेद र योग शिक्षा



काभ्रे, १४ बैशाख । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोकले वनेपा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी र विद्यालयमा कार्यरत नर्सलाई आयुर्वेद र योग शिक्षा सम्बन्धी जानकारी दिएको छ ।

केन्द्रका प्रमुख आयुर्वेद चिकित्सक डा मनोज चौधरी, पतञ्जलि आयुर्वेदका उपप्राध्यापक डा प्रवीणकुमार यादव, योग प्रशिक्षक क्षेत्रबहादुर तामाङ आयुर्वेद चिकित्सक डा समीक्षा न्यौपाने लगायतले प्रशिक्षण दिएको थियो। विशेषगरी पछिल्लो समयमा कोभिड–१९को सङ्क्रमण फैलिरहेको अवस्थामा कसरी सुरक्षित र स्वस्थ रहने भन्ने विषयमा केन्द्रीत भएर सो कार्यक्रम सञ्चालन गरेको डा चौधरीले बताए । उजले विद्यालयले स्थानीय पाठ्यक्रमसमेत बनाएर योग शिक्षालाई सिकाइ प्रक्रियासँग जोडर अगाडि बढिरहेको अवस्थामा आयुर्वेद र योग शिक्षालाई सहकार्यको माध्यमबाट व्यवहारिक कार्यान्वयनमा सहयोग गर्ने कार्यमा सहयोग पु¥याउँदै आएको जानकारी दिए ।

वनेपा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्याम सिंह धामीले स्वास्थ्यलाई व्यवहारिक र प्रयोगात्मक विधिलाई अवलम्वन गर्ने क्रममा शिक्षक र विद्यार्थीलाई योग अभ्याससँगै आयुर्वेद शिक्षाको ज्ञान दिलाउन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसँग समन्वय गरेर काम गरेको बताए ।

वनेपा–२ घिमिरे गाउँस्थित स्वेतबराहा माध्यमिक विद्यालयका विद्यालय नर्स विद्या बस्नेतले विद्यालयमा विद्यार्थीलाई प्राथमिक उपचारको कामदेखि स्वास्थ्यसम्बन्धी समस्याको परामर्श दिने काम गर्दै आएको जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot