Logo

सुदूरपश्चिम प्रदेशमा १८६ औलो रोगी फेला



सुदुरपश्चिम, १४ बैशाख । सुदूरपश्चिम प्रदेशमा १८६ जना औलो रोगका बिरामी फेला परेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँका यहाँका कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटी जिल्लामा औलोको जोखिम बढेको हो ।

निर्देशनालयका अनुसार यहाँका छ जिल्लामा चालु आर्थिक वर्षमा करिब १८६ जना औलोरोगका बिरामी फेला परेका छन् । औलो रोगको नियन्त्रणका लागि सरकारी प्रयास जारी रहेपनि यहाँका छ जिल्लामा अझै औलो रोग पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्यकर्मी बताउछन् ।

प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीकाअनुसार औलोका बिरामी सबैभन्दा बढी प्रदेश राजधानीसमेत रहेको कैलाली जिल्लामा फेला परेका छन् । उनका अनुसार कैलालीमा चालु आर्थिक वर्षमा ७०, कञ्चनपुरमा ३६, अछाममा १४, बैतडीमा १२, डडेल्धुरामा ९ र डोटीमा ७ जना औलो रोगी फेला परेका हुन् । जिल्लामा स्थानीयभन्दा पनि आयातित औलोका बिरामी बढेको निर्देशनालयको दाबी छ । चालु आर्थिक वर्षमा ११५ आयातित औलोका बिरामी रहेको जनाइएको छ । प्रदेशमा आर्थिक वर्ष २०७६÷७७ मा ३२० औलोका बिरामी थिए । जसमध्ये २५५ आयातित र ६५ स्थानीय औलोका बिरामी थिए । प्रदेशमा आयातित औलोका सबैभन्दा बढी बिरामी कैलालीमा पाइएको छ । यहाँका जिल्लामा आयातित औलोका बिरामीको सङ्ख्या भने क्रमिकरुपमा कम हुँदै गएको छ । रासस



प्रतिक्रिया दिनुहोस्