डोटी, १४ बैशाख । जिल्लामा कार्यरत समान पहुँच विकास केन्द्र सिड नेपालले दिपायल सिलगढी नगरपालिका–९ कलेनाका बालबालिकालाई स्टेसनरीका सामग्री वितरण गरेको छ । वडाका सबै बालबालिका विद्यालय आउन र आएकालाई विद्यालयमा टिकाइराख्न स्टेसनरीका सामग्री वितरण गरिएको सो संस्थाले जनाएको छ ।
समान पहुँच विकास केन्द्र सिड नेपालले वर्ड भिजन इनरनेशनल नेपालको आर्थिक सहयोगमा बालबालिकालाई स्टेसनरी सामग्री वितरण गरेको सस्थामा सामाजिक परिचालिका हेलन श्रेष्ठले जानकारी दिए । स्टेसनरी सामग्री पाएपछि बिद्यार्थी निकै खुशी भएका छन् ।
उक्त सामग्रीले विद्यार्थीको पढाइमा सुधार थप सुधार हुने स्थानीयबासी सूर्य साउदले बताए । उक्त वडामा रहेका कम्तिमा पनि ४६५ जना भन्दाबढी विद्यार्थी प्रत्येकलाई कपी सात, डटपेन छ, भितेपात्रो, मास्क तथा कोरनाबाट बच्ने प्रचार सामग्रीलगायत रु एक लाख २७ हजार रकम बराबरको सामग्री वितरण गरिएको एकिकृत बाल संरक्षण परियोजनाका संयोजक किशोरवीक्रम सेनले जानकारी दिए । आर्थीकस्थिति कमजोर भएका विद्यार्थीलाई उक्त स्टेसनरी सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष शेरबहादुर मल्लले जानकारी दिए। रासस