काठमाडौं, १४ बैशाख । आज शेयर बजार ९२.४६ अंकले बढेर २५ सय ९९ दशमलव ७ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कम्पनीको २३ करोड ८२ लाख भन्दा धेरैको कारोबार भएको छ भने प्रतिशेयर मुल्य ८ सय ४७ रुपैयाँ कायम भएको छ । नेप्सेको अनुसार आज नेपाल इन्फ्राइस्ट्रक्चर बैंकको २१ करोड १६ हजार भन्दा बढीको कारोबार भएको छ । बैंकको मंगलबार प्रतिशेयर मुल्य ५ सय ४६ रुपैयाँ कायम भएको छ ।