काठमाडौं, १४ वेशाख । सरकारले सवारी चालक अनुमतिपत्रको आवेदन नै बन्द गरेको छ । आज यातायात व्यवस्था विभागले सूचना प्रकाशित गरी अनिश्चितकालका लागि देशभर अनुमतिपत्रको आवेदन प्रणाली नै बन्द गरेको हो ।
विभागका प्रवक्ता डा.लोकनाथ भुसालद्वारा हस्ताक्षरित सूचनामा कोरोना भाइरसको महामारीका कारण १६ वैशाखबाट लागू हुने गरी अनिश्चितकालिन रुपमा सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिने जानकारी दिइएको हो ।