Logo

उपनिर्वाचन डेढ करोड खर्च अनुमान



दमक, बैशाख १५। निर्वाचन आयोगले आगामी ६ जेठमा हुने राष्ट्रिय सभातर्फको उपनिर्वाचनका लागि डेढ करोडभन्दा बढी खर्च हुने अनुमानसहित बजेट माग गरेको छ ।उपनिर्वाचनका लागि मंगलबार अधिकृतसमेत नियुक्त गरिएको छ । आयोगले निर्वाचन अधिकृतमा मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई नियुक्त गरेको हो ।

आयोगले मंगलबार निर्वाचनका लागि ‘राष्ट्रिय सभा सदस्य उपनिर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७८’ समेत तयार गर्दै बाग्मती प्रदेशको रिक्त एक सदस्य पदपूर्तिका लागि हुने उपनिर्वाचनमा १ करोड ६१ लाख ३० हजार खर्च हुने अनुमान गरेको हो ।

कार्यतालिकाअनुसार २१ वैशाखमा मतदाता नामावली प्रकाशन तथा दाबी विरोधको उजुरी दिने, २२ र २३ वैशाखमा निवेदन तथा उजुरीउपर छानबिन र कारबाही, २३ वैशाखमा अन्तिम मतदाता नामावली प्रकाशन रहेको छ ।

यसैगरी, २४ वैशाखमा उमेदवार मनोनयनपत्र दर्ता तथा मनोनयनपत्र दर्ता भएका उमेदवार सूची प्रकाशन, २५ वैशाखमा उमेदवारको विरोधमा उजुरी दिने, २६ र २७ वैशाखमा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र २७ वैशाखमा उमेदवार नामावली प्रकाशन हुनेछ ।

त्यस्तै, २८ वैशाखमा उमेदवारले नाम फिर्ता लिने र २९ वैशाखमा अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम आयोगले तय गरिसकेको छ । उपनिर्वाचनका लागि बाग्मती प्रदेशको राजधानी हेटौंडामा बिहान ९ बाट दिउँसो ३ बजेसम्म मतदान हुनेछ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्