Logo

माओवादीले जसपालाई पर्खने



Reporters Club Nepal Logo

काठमाडौं, बैशाख १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नेकपा माओवादी केन्द्रले जनता समाजवादी पार्टीको निर्णय कुर्ने भएको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनका लागि जनता समाजवादी पार्टी (जसपा) को निर्णय कुर्ने निर्णय गरेको हो।

बैठकले जसपा तयार नभएसम्म अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार नभएकाले जसपाको निर्णय कुर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘अविश्वास प्रस्ताव ल्याउने विषयमा हाम्रो पार्टी त तयारै छ कांग्रेसले पनि सहमति जनाएको छ, यो अवस्थामामा जसपाको पनि निर्णय कुर्नु पर्ने भएको छ यो निर्णय अब लम्बिनु हुँदैन,’ माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठले भने। उनले यो प्रक्रियाका लागि जसपाको साथ आवश्यक रहेको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्