नयाँ दिल्ली, बैशाख १५ । भारतको राजधानी नयाँदिल्लीमा बढ्दै गएको कोरोनाबाट ज्यान गुमाउनेको संख्याले अन्त्येष्टि गर्ने स्थल (घाट र शवदाह गृह) नै अपुग भएको छ।
शवदाह गृह तथा घाटमा दाहसंस्कार गर्न स्थान पर्याप्त नभएपछि नयाँदिल्लीका विभिन्न पार्कमा अस्थायी घाट निर्माण भइरहेको छ। निर्माणाधीन अस्थायी घाटमै अन्त्येष्टिको काम भइरहेको भारतीय एजेन्सीहरूले जनाएका छन।
याँदिल्लीमा कोरोनाको दोस्रो लहर सुनामीको अवस्थाजस्तै छ। सोमबार मात्र यहाँ तीन सय ८० संक्रमितको निधन भएको समाचारहरुमा उल्लेख छ।
यो एक सातामा दिल्लीमा एक हजार एक सय ५० जना संक्रमितको निधन भएको छ। मृतकका आफन्त घन्टौँसम्म कुर्दा पनि पालो पाउँदैन।
शवदाह गर्ने स्थानमा मृतकका परिवारले नै सहयोग गरिरहेका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन। उनीहरूले अन्तिम संस्कारका लागि आवश्यक पर्ने सामग्री संकलन गर्ने तथा दाउरासमेत मिलाउने काम गरिरहेका छन।