काठमाडौं, १५ बैशाख । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरण सार्वजनिक गरको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकले चालु आवमा १ अर्ब २८ करोड ८० लाख ८४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको हो । गत वर्षको सोही अवधिको तुलनामा १८ दशमलव १८ प्रतिशतले बढी हो ।
बैंकको वितरणयोग्य नाफा ८४ करोड ७६ लाख ३९ हजार रुपैयाँ रहेको छ भने ४२ करोड १ लाख ९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । १ अर्ब ८१ करोड ३४ लाख ९४ हजार रुपैयाँ बैंकले संचालन नाफा गरेको छ । यो नाफा गत वर्षको तुलनामा १५ दशमलव ६९ प्रतिशतले बढी हो ।
त्यस्तै, ५ अर्ब ५६ करोड ४२ लाख १० हजार रुपैयाँ जगेडा कोषमा भएको बैंकको चुक्तापुँजी १० अर्ब ६९ करोड ५६ लाख ९० हजार रुपैयाँ रहेको छ । बैंकले यो वर्ष शेयरधनीहरुलाई ९ प्रतिशतले बोनस शेयर वितरण गरेको थियो ।