Logo

प्राइम कमर्सियल बैकको वितरणयोग्य नाफा २४३ दशमलव १७ प्रतिशतले बृद्वि



काठमाडौं, १५ बैशाख । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्षको तुलनामा यो चालु आवमा बैंकले वितरणयोग्य नाफामा २४३ दशमलव १७ प्रतिशतले बृद्वि भएको हो ।

बैंकले चालु आवमा वितरणयोग्य नाफा २ अर्ब २० करोड ४ लाख ५१ हजार रुपैया गरेको छ भने गत वर्ष सोही अवधिमा ६४ करोड १२ लाख १३ हजार मात्र नाफा आर्जन गरेको थियो ।
गएको वर्षमा २ अर्ब ३ करोड ६ लाख ७५ हजार खुद मुनाफा आर्जन गरेको बैंकले यो चालु आवको सोही अवधिमा २ अर्ब ८१ करोड ७६ लाख ७६ हजार मुनाफा गरेको छ ।

त्यसैगरी, संचालन नाफा पनि गत वर्षको तुलनामा ३९ दशमलव २८ प्रतिशतले बृद्वि भई ४ अर्ब ३ करोड ३९ लाख ५६ हजार गरेको छ ।



प्रतिक्रिया दिनुहोस्