Logo

आयुर्वेदिक औषधीको भर परेर ज्यान जोखिममा नपार्न डा. सापकोटाको सुझाव (भिडिओसहित)



काठमाडौं, १५ बैशाख । फिजिसियन डा. रमेश सापकोटाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि जनताले आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । उनले विज्ञानले प्रमाणित गरेका कुरामा मात्रै सबैले विश्वास गर्नुपर्ने पनि जोड दिए ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आजको दिनमा आयुर्वेदिक औषधीको भरमा परेर आफ्नो ज्यान जोखिममा पार्न नहुने पनि अपिल गरे ।



प्रतिक्रिया दिनुहोस्