काठमाडौं, १५ बैशाख । गण्डकी प्रदेशसभाको बैठक शुरू भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्तावउपर छलफल जारी छ । उक्त छलफल सकिएपछि आजै अविश्वासको प्रस्तावबारे मतदान हुने छ ।
मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपालले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । उक्त प्रस्तावको पक्षमा जनमोर्चाले पनि साथ दिने निर्णय गरिसकेको छ ।
हिजोमात्रै एमाले सांसदहरुले कोरोना संक्रमणको जोखिम बढेको भन्दै पिसिआर परीक्षणको माग गरेका थिए । तीन जना सांसदलाई संक्रमण पुष्टि भएको छ । उनीहरुले पनि आजको मतदानमा भाग लिन पाउनेछन् । File Photo/ReportersNepal