Logo

हिल्सामा सोलार मिनीग्रीड शिलान्यास



सिमकोट, १५ बैशाख । फिनल्याण्ड र युरोपेली सङ्घका राजदूतले हिल्सामा सोलार मिनीग्रीडको शिलान्यास गरेका छन् । हिल्सामा मिनीग्रीडको निर्माण कम्पनी छनोट भएपछि कोरोना कहरका बेला हुम्ला आएर राजदूतको टोलीले मङ्गलबार शिलान्यास गरेको हो ।

लगानी साझेदार देश फिनल्याण्डका राजदूत प्रट्टी एन्टिनेन र इयुका राजदूत नोना डेप्रेले सदरमुकाम सिमकोट हुँदै हिल्सामा पुगेर १०० किलोवाट उत्पादन क्षमताको सोलार मिनीग्रीडको शिलान्यास गरेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले जानकारी दिए ।

सो आयोजनाबाट हिल्साको बस्ती विद्युतीकरण हुनाका साथै भुइँचुक प्रशोधन यन्त्र पनि स्थापना हुने छ । यस्तै राजदूतको टोलीले सोमबार हेलिकोप्टरमा नाम्खा गाउँपालिका–५ को यारीमा ५० किलोवाटको सोलार मिनीग्रीडको पनि शिलान्यास गरेको छ । उक्त आयोजनाबाट यारीका दुई गाउँ विद्युतीकरणका साथै तेल पेल्ने यन्त्र पनि स्थापना गरी सञ्चालन ल्याइने जनाइएको छ ।

उक्त दुवै सोलार मिनीग्रीड आयोजनाका लागि रु सात करोड लागत लाग्ने छ । यसबाट उत्तरी सीमा क्षेत्रका दुवै वस्तीमा पहिलो पटक विद्युतीकरण हुनेछ ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot