Logo

नेताहरुले फोनबाट दबाब दिएपछि दिपक मनाङेको फोन स्वीच अफ, के गर्लान् ?



काठमाडौं, १५ वैशाख । दिपक मनाङे गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावको मतदानमा निर्णायक हुने भएका छन् । मनाङ ख बाट प्रदेश सभा सांसद निर्वाचित राजीव गुरुङ अर्थात् मनाङे निर्णायक हुने भएपछि उनलाई पक्षमा पार्ने प्रतिष्पर्धा नै चलेको छ ।

सत्ता पक्ष र विपक्ष दुवैले मनाङेलाई विभिन्न प्रस्ताव गर्दै मतदान गर्न आग्रह गरेको बुझिएको छ । काठमाडौंबाट समेत नेताहरुको फोन बढी आउन थालेपछि मनाङे स्वीच अफ गरेर बसेका छन् । उनी प्रदेश सभास्थलमा समेत पुगेका छैनन् ।

मनाङे निकट स्रोतका अनुसार उनी मतदानको बेलामा पुग्नेछन् । मनाङेले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने बुझिएको । उनको मतले अविश्वासको प्रस्ताव पारिन हुन सक्नेछ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् । काँग्रेसका १५, माओवादीका ११, जनमोर्चाका ३, जसपाका २ र दिपक मनाङे स्वतन्त्र सासद छन् । स्वतन्त्र सांसद दिपक मनाङे एमालेलाई समर्थन गर्दै आएका थिए ।

यसैगरी, अविश्वासको प्रस्तावको पक्षमा एमालेबाहेकका दलबाट बहुमत नपुगेमा फ्लोर क्रसको सम्भावना पनि रहेको छ ।



प्रतिक्रिया दिनुहोस्