Logo

जनमोर्चाका वेपत्ता भनिएका सांसद चरक अस्पतालको आइसीयूमा, १३ वैशाखमै भर्ना भएको रेकर्ड



काठमाडौं, १५ वैशाख । राष्ट्रिय जनमोर्चाका वेपत्ता भनिएका सांसद खिमविक्रम शाही अस्पतालको आइसीयूमा भेटिएका छन् । उनी चरक अस्पतालको आइसियूमा भेटिएका हुन् ।

अविश्वासको प्रस्तावमाथि मतदान हुनुभन्दा केही घन्टा अघि वेपत्ता भएपछि उनको खोजी भएको थियो । खोजी गरिदिन भन्दै जनमोर्चाकी अर्की सांसद पियारी थापाले सभामुखसमक्ष निवेदन समेत दिएकी छिन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्ना सांसद खिमविक्रम शाही चरक मेमोरियल अस्पतालको आइसियूमा रहेको पुष्टि गरे ।

रिपोर्टर्स नेपालले चरक अस्पतालसँग सम्पर्क गर्दा ज्ञानबहादुर शाहीको नाममा १३ वैशाखबाट आइसियूको बेडमा ५८ वर्षीय व्यक्तिरहेको जानकारी प्राप्त भएको छ ।

अस्पतालका अनुसार १३ गते राति १२ बजेबाट शाही भर्ना भएका हुन् । उनलाई अक्सिजनको कमी भएको अस्पतालले जानकारी दिएको छ ।

ज्ञानबहादुर शाही नाममा अस्पतालमा ५८ वर्ष र पोखरा ५ जिरो किलोमिटर ठेगाना राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्