Logo

उपत्यकामा मात्रै आज २ हजार ४७ जनामा संक्रमण पुष्टि



काठमाडौं, १५ बैशाख । देशभर आज ४८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार पुष्टि भएका मध्ये काठमाडौं उपत्यकामा मात्रै २ हजार ४७ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थपिएका संक्रमित मध्ये भक्तपुरका २३२ जना, ललितपुरका ३५१ जना र काठमाडौंका १४ सय ६४ जना रहेका छन् ।

१३ हजार ८ सय ७० जनाको पिसीआर परिक्षण ४ हजार ७ सय ७४ र ९ सय ५५ जनाको एन्टिजेन परिक्षण गर्दा १२३ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्