Logo

कोभिड रिपोर्ट नेगेटिभ आइसकेका गण्डकीका सांसद शाही अस्पतालको आइसियूको आइशोलेशन वार्डमा (रिपोर्टसहित)



काठमाडौं, १५ वैशाख । राष्ट्रिय जनमोर्चाका वेपत्ता भनिएका सांसद खिमविक्रम शाहीको आज विहान कोभिड १९ को परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । उनको परीक्षणको रिपोर्ट विहान आउँदा कोरोना नेगेटिभ छ ।

कोरोना नेगेटिभ रिपोर्ट आएपनि सांसद शाही यतिबेला चरक अस्पतालको आइसीयूमा छन् । उनी अर्को नाममा अस्पतालमा रहेका छन् ।

अविश्वासको प्रस्तावमाथि मतदान हुनुभन्दा केही घन्टा अघिसम्म सम्पर्कमा नआएपछि उनको खोजी भएको थियो । खोजी गरिदिन भन्दै जनमोर्चाकी अर्की सांसद पियारी थापाले सभामुखसमक्ष निवेदन समेत दिएकी छिन् । त्यसपछि गण्डकी प्रदेशको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्ना सांसद खिमविक्रम शाही चरक मेमोरियल अस्पतालको आइसियूमा रहेको पुष्टि गरेका छन् ।

रिपोर्टर्स नेपालले चरक अस्पतालसँग सम्पर्क गर्दा ज्ञानबहादुर शाहीको नाममा १३ वैशाखको राति १२ बजेबाट आइसियूको बेडमा ५८ वर्षीय व्यक्ति रहेको जानकारी प्राप्त भएको छ । अस्पतालका अनुसार १३ गते राति १२ बजेबाट शाही भर्ना भएका हुन् । उनलाई अक्सिजनको कमी भएको अस्पतालले जानकारी दिएको छ ।

ज्ञानबहादुर शाही नाममा अस्पतालमा ५८ वर्ष र पोखरा ५ जिरो किलोमिटर ठेगाना राखिएको छ । ज्ञानबहादुरबाहेक अर्को कुनै शाही थरको व्यक्ति अस्पतालमा भर्ना भएको खुलेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot