Logo

बाबुरामद्वारा सांसद किनबेच र अपहरणको आरोप



काठमाडौं, १५ वैशाख । जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सांसद किनबेच र अपहरणमा भूमिका खेलेको आरोप लगाएका छन् । उनले गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भई अस्पताल भर्ना भएको घटनातर्फ इंकित गर्दै सांसद किनबेचको आरोप लगाएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले सांसद, किनबेच, निष्काशन, अस्पताल भर्ना र संसद बिघटन जस्ता हर्कतले सत्ता जोगिए पनि लोकतन्त्रले हार्ने टिप्पणी गरेका छन् । उनले देश हार्ने अवस्था आउनसक्ने उल्लेख गरे ।

डा. भट्टराईले लेखेका छन्ः सांसद किनबेच/अपहरण/निष्कासन/अस्पताल भर्ना र संसद बिघटन/स्थगन/अबरोध जस्ता हर्कतले कसैले सत्ता जोगाउला/पाउला तर अन्तत:लोकतन्त्र/समाजवाद/संघीयता/संविधानले हार्नेछ।अनि देश/राष्ट्रियता/स्वाधीनता/सार्वभौमसत्ताले हार्नेछ।वेलैमा चेतौं;राष्ट्रिय सहमति/एकता कायम गरौं।भोलि धेरै ढिलो हुनेछ!



प्रतिक्रिया दिनुहोस्

Screenshot