Logo

जसपाभित्र यी नेताहरु ओली सरकारमा जान आतुर, क कस्को सम्भावना



काठमाडौं, १६ वैशाख । जनता समाजवादी पार्टी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने सम्भावना बढेको छ । जसपालाई सरकारमा ल्याउने वातावरण तयार गर्नेतर्फ सरकार लागेपछि सम्भावना बढेको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादवलाई मनाउन सके सरकारमा जाने निश्चित हुनेछ । अध्यक्ष महन्थ ठाकुर सरकारमा सहभागी हुने पक्षमा छन् ।

जसपा सरकारमा गएमा ८ देखि १० वटा मन्त्रालय पाउने सम्भावना छ । उपसभामुख पनि जसपाले नै पाउने गरी सहमति बन्न सक्छ ।

जसपा सरकारमा सहभागी भएमा उपेन्द्र यादव या राजेन्द्र महतोको नेतृत्वमा जाने सम्भावना छ । तर, यादव ओलीलाई साथ दिने पक्षमा छैनन् ।

जसपाबाट महतोलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको प्रस्ताव पुगिसकेको छ । मन्त्री बन्ने सम्भावितमा राजेन्द्र श्रेष्ठ, महेन्द्र राय, शरदसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, मोहम्मद इस्तियाक राइ, उमाशंकर अगरिया, प्रदीप यादव, रेणु यादवलगायत छन् । रेणु यादवलाई उपसभामुख बनाउने सहमति पनि बनाउन खोजिएको छ ।

प्रधानमन्त्री ओलीले जसपालाई सरकारमा ल्याउन प्याकेजमै सम्झौता गर्ने गृहकार्य बढाएका छन् । उनले अध्यक्ष महन्थ ठाकुरसँग पटक पटक भेटवार्ता गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot