Logo

पूर्वरानी शाहको स्वास्थ्य अवस्था गम्भीर, दैनिक १० लिटरसम्म अक्सिजन



काठमाडौं, १६ बैशाख । पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । कोरोना संक्रमण देखिएपछि नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी शाहको स्वास्थ्य गम्भीर बनेको हो ।

शाहको श्वासप्रश्वासमा समस्या देखिएपछि आइसियूमा उपचार भइरहेको अस्पताल स्रोतले बताएको छ । उनको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनलाई दैनिक १० लिटरसम्म अक्सिजन दिनुपरेको छ ।

उनीसँगै संक्रमण भएका पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था सामान्य रहेको चिकित्सकहरुको भनाई छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्