काठमाडौं, १६ वैशाख । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीलाई बन्दीका रुपमा राखिएको भन्दै स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । आज उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले विज्ञप्ति जारी गरी अस्पतालमा कसैलाई भेट गर्न नदिइएकोमा समेत प्रश्न गरेको छ ।
गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा सांसद शाहीको पीसीआर रिपोर्ट नेगेटिभ आएको र पछि अकस्मात् कसरी पोजेटिभ आयो भनी प्रश्न समेत गरेको छ । विज्ञप्तिमा भनिएको छ,‘उहाालाई एक प्रकारण्को बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो ?’
बुधबार गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुनु अघिसम्म शाही उपस्थित नभएपछि खोजी गर्दा पोखरास्थित चरक अस्पतालमा रहेको तथ्य खुलेको थियो ।