Logo

सिभिल लघुवित्तको संचालन नाफा ७ करोड ५ लाख



काठमाडौं, १६ बैशाख । सिभिल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सस्थाले सार्वजनिक गरेको विवरण अुनुसार चालु आवको त्रैमाससम्ममा ४ करोड ८१ लाख ८५ हजार रुपैयाँ मुनाफा गरेको हो ।

गत वर्ष सोही अवधिमा संस्थाले १ करोड २६ लाख ८५ हजार रुपैयाँ मात्र मुनाफा गरेको थियो । ११ करोड २८ लाख ९३ हजार रुपैयाँ जगेडा कोषमा सु्रक्षित राखेको यस संस्थाको हाल चुक्तापुँजी २३ करोड ३९ लाख ३४ हजार रहेको विवरणमा उल्लेख गरिएको छ ।

यसैगरी, संस्थाले ११ करोड ६८ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ७ करोड ५ लाख ३३ हजार रुपैयाँ संचालन नाफा कमाएको छ ।



प्रतिक्रिया दिनुहोस्