काठमाडौं, १६ वैशाख । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही चिरक अस्पताल पोखरामा उपचाररत छन् । उनी कोभिड आइलोशनको आइसियू वार्डमा उपचाररत अस्पतालले जनाएको छ ।
शाहीको सुगर लेभल हाई रहेको र अक्सिजन लेभल ९३ रहेको अस्पतालले जानकारी दिएको छ । उनको डा. क्लारा पौडेलको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको जनाइएको छ ।
बुधबार वेपत्ता भनिएका सांसद खिमविक्रम शाही साँझ चिरक अस्पतालको आइसियूमा भेटिएका थिए । उनको बुधबार विहान कोभिड १९ को परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । तर, अर्को रिपोर्ट नेगेटिभ आएको देखाइएको थियो ।
अविश्वासको प्रस्तावमाथि मतदान हुनुभन्दा केही घन्टा अघिसम्म सम्पर्कमा नआएपछि उनको खोजी भएको थियो । खोजी गरिदिन भन्दै जनमोर्चाकी अर्की सांसद पियारी थापाले सभामुखसमक्ष निवेदन समेत दिएकी छिन् । त्यसपछि गण्डकी प्रदेशको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
राष्ट्रिय जनमोर्चाले सांसद शाहीको अवस्था सार्वजनिक गर्न विज्ञप्तिमार्फत् माग गरेको छ ।