कपिलवस्तु, १६ बैशाख । यौन दुर्व्यवहार गरेको अभियोगमा १५ वर्षीय किशोर पक्राउ परेका छन् । ६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शुद्धोधन गाउँपालिका–२ नन्दनगर बस्ने १५ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
किशोरले ती बालिकालाई यौन दुर्व्यवहार गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बगदीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।