Logo

बेहोश भई अस्पताल लगिएको जनमोर्चा सांसद शाहीको स्पष्टोक्ति, अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने (विज्ञप्तिसहित)



काठमाडौं, १६ वैशाख । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीले आफू सदन जान तयार हुँदा अचानक बेहोश भएपछि अस्पताल लगिएको स्पष्टोक्ति दिएका छन् । उनले पार्टी निर्णयप्रति प्रतिवद्ध भएको उल्लेख गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने बताएका छन् ।

आज एक विज्ञप्तिमार्फत् शाहीले पार्टीको निर्णयप्रति प्रतिवद्ध भएको स्पष्ट पारेका छन् । पार्टीको निर्णयमा आफू समेत सहभागी भएको बताएका छन् । उनले आफूविरुद्ध भ्रामक खबरहरु आइरहेकोमा समेत आपत्ती जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्