Logo

भारतमा कोरोनाबाट मृतक संख्यामा फेरि रेकर्ड ब्रेक



एजेन्सी, १६ वैशाख । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको दर दिनहुँ वृद्धि भइरहेको छ । दिनहुँजसो मृतक र संक्रमितको दर बढिरहँदा आज फेरि रेकर्ड ब्रेक भएको छ ।

बितेको २४ घन्टाभित्र ३,६४५ जनाको मृत्यु भएको तथ्यांक छ । ३,७९,२५७ जना नयाँ संक्रमित थपिएका छन् ।

भारतमा अस्पतालहरु कोरोना भाइरसका संक्रमितले भरिएका छन् । अस्पतालमा शैयाहरु पाउन कठिन भएको छ । अक्सिजनको अभाव देखिएको छ ।

यसैगरी, ब्राजिललाई उछिन्दै भारत विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित हुने देशको सूचीमा दोस्रो स्थानमा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्