काठमाडौं, १६ वैशाख । गण्डकी प्रदेशका सांसद दिपक मनाङे मन्त्री नियुक्त भएका छन् । उनी युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएका हुन् ।
मनाङेले आज नै सपथ लिने तय भएको छ । यसअघि मन्त्री बनाइने आश्वासन पाएपछि मनाङेले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावको विपक्षमा उभिने निर्णय लिएका थिए ।
गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङले पद जोगाउन मनाङेलाई मन्त्री नियुक्त गर्ने सम्झौता गरेको चर्चा चलेको थियो ।